Saturday, August 12, 2023

छथर सुक्रबारेमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

तेर्हथुम। छथर गाउँपालिकाको केन्द्र छथर सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । 

"खेलकुद र संस्कृती हाम्रो सान,समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान" भन्ने मुल नाराका साथ पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने सार्वजानिक गरिएको छ । 

गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला,संस्कार,संस्कृती संरक्षण गर्ने उदेश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

मेलाको अवसरमा फुटबल,भलिबल र व्याडमिन्टन प्रतियोगिता हुनेछ । फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले अध्यक्ष कपको साथमा नगद १ लाख ५१ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । 

त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार कप,प्रमाणत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष रनिङ कप,मेडल र दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।

 त्यस्तै व्याडमिन्टन तर्फ प्रथम हुनेले गाउँपालिका अध्यक्ष कप, नगद ४१ हजार,प्रमाणपत्र र मेडल तथा दोश्रो हुनेले नगद २५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्ने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । 

प्रतियोगितालाई शव्य तथा भव्य रुपमा सपन्न गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक व्यवस्थापन समितीहरु गठन गरिएका छन ।

Wednesday, June 28, 2023

राज्यले नगरेको सहयोग गर्दै उप्रेती



दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । २०३८ सालमा ईलाममा जन्मिनु भएका उप्रेती नेपालमा हुँदा फुटबल खेल्ने गर्नु हुन्थ्यो ।

चितवनबाट कृषि जेटिए र मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीबाट भेटेरिनरी जेटिए अध्ययन पुरा गर्नु भएका उप्रेती अमेरिका गएको १५ बर्ष भयो ।

अमेरिकामा दैनिकी चलाउने उप्रेतीको सोचाई भने हर क्षण नेपाल कै लागि हुन्छ । उहाँ फुर्सदको समयमा आफ्ना दौतरीहरुलाई सम्झनु हुन्छ । र योजना बनाउनु हुन्छ । उप्रेतीले बनाएका थुप्रै योजनाहरु छन् ।
उहाँको योजना बमोजिम नै नेपाल आए लगत्तै नेपाली रेफ्रीहरुलाई फुटबल खेलाउन सहज होस भनेर आफ्ना खेल मैदानमा सँगै फुटबल खेल्ने सहपाठी तथा रेफ्री लिला बाँसकोटालाई रेडियो ब्लुतुथ कम्युनिकेशन दिनुभयो । उहाँले यतिमा मात्रै चित्त बुझाउनु भएन् । उप्रेतीले एउटा गतिलो चेन्जिङ बोर्ड समेत उपलब्ध गराउनुभयो ।

उप्रेतीले यतिमा मात्रै आफुलाई रोक्नु भएन्। उहाँले मोरङको एउटा क्लबलाई डिजिटल चेन्जिङ बोर्ड र नेपालको राष्ट्रिय फुटबल टोलीका लागि खेलाडीहरूको पोजिशन पत्ता लगाउने ईण्डिकेटर समेत प्रदान गर्नुभयो । उप्रेती जहाँ जहाँ जानुहुन्छ त्यहाँ केहीनकेही सहयोग गरिहाल्नु हुन्छ ।

उहाँ नेपाली खेलकुद माथि उठाउने सपना बोकेर हिडिरहनु भएको छ। भविष्यमा कुनैपनि कमि नहोस भनेर दैनिक सोच्ने उप्रेती नेपाली फुटबल विकासका लागि मात्र नभई समाजसेवाका लागि पनि उतिकै खर्चने गर्नुहुन्छ ।

उप्रेतीको सपना छ कि, बुबा आमा नभएका कोहीपनि पढ्नबाट बन्चित नहुन् । यदि कोही त्यस्तो भए आफू पढाईदिने उद्घोष गर्ने उहाँ निकट भविष्यमा ग्रामिण क्षेत्रका लागि एम्बुलेन्स प्रदान गर्ने सोचमा पनि हुनुहुन्छ ।

डिल्लीराम उप्रेती र कृष्णमाया उप्रेतीका एक मात्र सन्तान उप्रेतीको समाजसेवा र नेपाली फुट्बल विकास प्रतिको चाहाना पूरा होस् , शुभकामना । 

Saturday, June 3, 2023

मोरङमा विद्यालको शौचालयमा जलिरहेको अवस्थामा भेटिए विद्यालयकै कर्मचारी

 

मोरङको सुन्दरहरैचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल विद्यालयकै शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी रन्जनकुमार दाहालका अनुसार आज बिहान विद्यालयका लेखापाल  ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।

बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डिएसपी दाहालका अनुसार शौचालयमा विषको बोत्तल समेत भेटिएको छ।

‘शौचालयमा विषको बोत्तल पनि भेटिएको छ। विष सेवन गरेर आफैलाई आगो लगाएको हुनसक्ने अनुमान छ,’ उनले भने।  जलेर गम्भीर घाइते उनको  कोशी अस्पतालमा उपचार भैरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।