मोरङको सुन्दरहरैचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल विद्यालयकै शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आज बिहान विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।
बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डिएसपी दाहालका अनुसार शौचालयमा विषको बोत्तल समेत भेटिएको छ।
‘शौचालयमा विषको बोत्तल पनि भेटिएको छ। विष सेवन गरेर आफैलाई आगो लगाएको हुनसक्ने अनुमान छ,’ उनले भने। जलेर गम्भीर घाइते उनको कोशी अस्पतालमा उपचार भैरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।
No comments:
Post a Comment