Wednesday, June 28, 2023

राज्यले नगरेको सहयोग गर्दै उप्रेती



दमक। जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । २०३८ सालमा ईलाममा जन्मिनु भएका उप्रेती नेपालमा हुँदा फुटबल खेल्ने गर्नु हुन्थ्यो ।

चितवनबाट कृषि जेटिए र मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीबाट भेटेरिनरी जेटिए अध्ययन पुरा गर्नु भएका उप्रेती अमेरिका गएको १५ बर्ष भयो ।

अमेरिकामा दैनिकी चलाउने उप्रेतीको सोचाई भने हर क्षण नेपाल कै लागि हुन्छ । उहाँ फुर्सदको समयमा आफ्ना दौतरीहरुलाई सम्झनु हुन्छ । र योजना बनाउनु हुन्छ । उप्रेतीले बनाएका थुप्रै योजनाहरु छन् ।
उहाँको योजना बमोजिम नै नेपाल आए लगत्तै नेपाली रेफ्रीहरुलाई फुटबल खेलाउन सहज होस भनेर आफ्ना खेल मैदानमा सँगै फुटबल खेल्ने सहपाठी तथा रेफ्री लिला बाँसकोटालाई रेडियो ब्लुतुथ कम्युनिकेशन दिनुभयो । उहाँले यतिमा मात्रै चित्त बुझाउनु भएन् । उप्रेतीले एउटा गतिलो चेन्जिङ बोर्ड समेत उपलब्ध गराउनुभयो ।

उप्रेतीले यतिमा मात्रै आफुलाई रोक्नु भएन्। उहाँले मोरङको एउटा क्लबलाई डिजिटल चेन्जिङ बोर्ड र नेपालको राष्ट्रिय फुटबल टोलीका लागि खेलाडीहरूको पोजिशन पत्ता लगाउने ईण्डिकेटर समेत प्रदान गर्नुभयो । उप्रेती जहाँ जहाँ जानुहुन्छ त्यहाँ केहीनकेही सहयोग गरिहाल्नु हुन्छ ।

उहाँ नेपाली खेलकुद माथि उठाउने सपना बोकेर हिडिरहनु भएको छ। भविष्यमा कुनैपनि कमि नहोस भनेर दैनिक सोच्ने उप्रेती नेपाली फुटबल विकासका लागि मात्र नभई समाजसेवाका लागि पनि उतिकै खर्चने गर्नुहुन्छ ।

उप्रेतीको सपना छ कि, बुबा आमा नभएका कोहीपनि पढ्नबाट बन्चित नहुन् । यदि कोही त्यस्तो भए आफू पढाईदिने उद्घोष गर्ने उहाँ निकट भविष्यमा ग्रामिण क्षेत्रका लागि एम्बुलेन्स प्रदान गर्ने सोचमा पनि हुनुहुन्छ ।

डिल्लीराम उप्रेती र कृष्णमाया उप्रेतीका एक मात्र सन्तान उप्रेतीको समाजसेवा र नेपाली फुट्बल विकास प्रतिको चाहाना पूरा होस् , शुभकामना । 

Saturday, June 3, 2023

मोरङमा विद्यालको शौचालयमा जलिरहेको अवस्थामा भेटिए विद्यालयकै कर्मचारी

 

मोरङको सुन्दरहरैचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल विद्यालयकै शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी रन्जनकुमार दाहालका अनुसार आज बिहान विद्यालयका लेखापाल  ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।

बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डिएसपी दाहालका अनुसार शौचालयमा विषको बोत्तल समेत भेटिएको छ।

‘शौचालयमा विषको बोत्तल पनि भेटिएको छ। विष सेवन गरेर आफैलाई आगो लगाएको हुनसक्ने अनुमान छ,’ उनले भने।  जलेर गम्भीर घाइते उनको  कोशी अस्पतालमा उपचार भैरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।